Logo

२३ कात्र्तिक, काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन आरोपमा अनुसन्धानका क्रममा हिरासतबाट भागेका अभियुक्त ज्ञानबहादुर बम्जन पुनः पक्राउ परेका छन् ।

भदौ २४ गते जेनजी प्रदर्शनको मौका छोपेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासत कक्षबाट भागेका उनी ठमेलबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, सिन्धुलीको दुधौली नगरपालिका–७ घर भएका ५४ वर्षीय बम्जनलाई काठमाडौँ महानगरपालिका–२६, ठमेलबाट पक्राउ गरिएको हो ।

बम्जन सहकारी ठगीको अर्को चर्चित सूर्यदर्शन सहकारी घोटाला प्रकरणमा पनि संलग्न थिए र सोही मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको अभियोगपत्रमा उनको नाम समावेश थियो।

बम्जन जीबी राईका जेठानसमेत हुन्। पक्राउ परेसँगै अब प्रहरीले उनीविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी गरेको छ, किनकि यसअघि मुलुकी कार्यविधि संहिता अनुसार नाम र वतन नखुलेको अवस्थामा छुट्टै अनुसन्धान प्रतिवेदन पेस गर्न सक्ने व्यवस्था रहेको थियो।


सम्बन्धित समाचार