Logo

२३ कात्र्तिक, काठमाडौँ । गत भदौ २४ गते ‘जेनजी विद्रोह’ का क्रममा बानेश्वरस्थित संसद भवन नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट लुटिएको करिब १८ किलो सुन र ठूलो मात्राको नगद अझैसम्म फेला पर्न सकेको छैन ।

सर्वसाधारणले सुरक्षा र कर्जा प्रयोजनका लागि लकरमा राखेको सुनसमेत लुटिएपछि डेढ महिनाभन्दा बढी समयसम्म सुनको अत्तोपत्तो नलागेपछि बैंकले अब ग्राहकहरूलाई क्षतिपूर्ति रकम दिने तयारी सुरु गरेको छ । बैंकका एक अधिकारीका अनुसार, लामो समयसम्म सुन फेला नपरेका कारण ग्राहकहरूले दबाब दिएपछि उनीहरूको सुनको मूल्य अनुसार क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढाइएको हो । उक्त घटनामा ३८ करोड रुपैयाँभन्दा बढीको नगद तथा गरगहना लुटपाट भएकोमा हालसम्म जम्मा ३२ लाख बराबरको नगद र सामान मात्रै प्रहरीले बरामद गर्न सफल भएको छ ।

यद्यपि, बैंकले ग्राहकले लकरमा राखेका गरगहनाको बीमा गराएको हुनाले, ग्राहकलाई क्षतिपूर्ति तिरे पनि त्यो रकम बीमा कम्पनीले बेहोर्ने र बैंकलाई कुनै ठूलो घाटा नहुने बताइएको छ । क्षतिको अन्तिम मूल्याङ्कनका लागि बीमा कम्पनीहरूसँग प्रक्रिया अगाडि बढाइएको छ ।


सम्बन्धित समाचार