१ मंसिर, काठमाडौँ । निर्वाचन आयोगले नयाँ मतदाता नामावली संकलन अभियान अन्तर्गत राष्ट्रिय परिचयपत्रको प्रयोगबाट उल्लेख्य संख्यामा नागरिकले नाम दर्ता गराएको जानकारी दिएको छ ।
आयोगका अनुसार नयाँ नामावली संकलन खुला गरिएदेखि कात्तिक ३० गतेसम्मको अवधिमा मात्र २ लाख २५ हजार ५७५ जना ले राष्ट्रिय परिचयपत्र नम्बर प्रयोग गरेर मतदाता नामावली दर्ता गराएका छन् । परिचयपत्र बाहेक, आयोगले बायोमेट्रिक्स प्रणाली मार्फत पनि ३ लाख २ हजार ६२ जना ले नाम दर्ता गराएको तथ्यांक सार्वजनिक गरेको छ ।
यसरी आयोगले नामावली संकलन कार्यलाई मंसिर ५ गतेसम्म निरन्तरता दिने जनाएको छ । सरकारले हाल राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकहरूलाई अनलाइनमार्फत नै नाम दर्ता गर्न सक्ने गरी व्यवस्था मिलाएकाले नयाँ मतदाताहरूलाई दर्ता प्रक्रिया सहज भएको छ।















