Logo

१ मंसिर, काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अर्थात साउनदेखि कात्तिकसम्मको अवधिमा सरकारको राजस्व संकलन निराशाजनक देखिएको छ ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार यस अवधिमा सरकारले ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ मात्रै संकलन गर्न सफल भएको छ । यो लक्ष्यको जम्मा ७७।४९ प्रतिशत मात्र हो । लक्ष्य भेट्टाउन भन्सार महसुल र आन्तरिक राजस्व दुवै असफल देखिएका छन् । भन्सार महसुलतर्फ लक्ष्यको ७६ दशमलव ९६ प्रतिशत मात्र उठेको छ भने आन्तरिक राजस्व विभागले पनि लक्ष्यको ८० दशमलव ११ प्रतिशत मात्रै संकलन गर्न सकेको छ ।

विशेषगरी, आयकर संकलनमा ठूलो गिरावट आएको छ, जहाँ ९३ अर्ब २३ करोड को लक्ष्य राखिएकोमा जम्मा ६५ दशमलव ५९ प्रतिशत (६१ अर्ब १५ करोड) मात्रै उठेको छ । यद्यपि, शिक्षा सेवा शुल्क र अन्य कर भने लक्ष्यभन्दा बढी (१२५ दशमलव १० प्रतिशत) संकलन भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष केही बढी राजस्व उठे पनि सरकारले यस वर्ष राखेको १४ खर्ब ८० अर्ब रुपैयाँ को बृहत् लक्ष्य भेट्टाउन चुनौतीपूर्ण देखिएको छ।


सम्बन्धित समाचार