Logo

१ मंसिर, काठमाडौं । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई स्थानीय अदालतले मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) को तीन सदस्यीय इजलासले गत वर्ष आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दबाउन राज्यका निकायहरूलाई उनले दिएको निर्देशन र प्रदर्शनकारीमाथि हेलिकोप्टरबाट बम खसाल्न आदेश दिएको ठहर गरेको हो ।

न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा रहेको इजलासमा हसिनाविरुद्धको मुद्दाको फैसला सुनाउने क्रम हाल जारी छ । अदालतले उनलाई ुमानवताविरुद्धको अपराधु मा दोषी ठहर गरे पनि उनीविरुद्धको सजाय भने निर्धारण हुन बाँकी छ । अदालतको फैसलाको अन्तिममा न्यायाधीशले सजायको विवरण सुनाउने अपेक्षा गरिएको छ। यो फैसलाले बंगलादेशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण मोड ल्याएको छ ।


सम्बन्धित समाचार
भर्खरै