Logo

१ मंसिर, काठमाडौँ । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन आज प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुने भएको छ ।

साँझ ४ बजे हुने उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्दै छन् । खेलका लागि दर्शकहरू त्रिवि क्रिकेट मैदानमा आउने क्रम जारी छ । नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएअनुसार, एनपीएलको उद्घाटनलाई मध्यनजर गर्दै मैदानमा २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीका १९ सय, सशस्त्र प्रहरीका २ सय ५० तथा ३ सयभन्दा बढी निजी सुरक्षाकर्मी खटिएका छन् । यस महत्वपूर्ण खेलका लागि क्यानले हालसम्म ९ हजार ४ सय टिकट बिक्री गरिसकेको छ।


सम्बन्धित समाचार
भर्खरै