Logo

१ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। सोमबार रास्वपाका प्रतिनिधिहरू आयोगको कार्यालय पुगेर औपचारिक रूपमा दर्ता प्रक्रिया सम्पन्न गरेका हुन्।

२०७९ सालको आमनिर्वाचनअघि गठन भएको रास्वपाले त्यही चुनावमा उल्लेखनीय सफलता हासिल गर्दै प्रतिनिधिसभामा २० सिट जितेको थियो। यससँगै रास्वपा देशको चौथो ठूलो दल बनेको थियो।

नयाँ निर्वाचनका लागि दल दर्ता पूर्ण भएपछि रास्वपाले अब आफ्नो चुनावी तयारीलाई तीव्रता दिने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै