१ मंसिर,काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि सोमबार निर्वाचन आयोगमा दल दर्ता गराएको छ। पार्टीका नेता राजेन्द्र पाण्डेसहितको टोली आयोग पुगेको थियो।
यसअघि, तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दल मिलेर कात्तिक १९ गते नेपाली कम्युनिस्ट पार्टी गठन गरेको थियो। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ता गर्ने समय तोकेको छ।
पार्टीले आगामी निर्वाचनमा आफ्नो संगठनलाई बलियो बनाउँदै प्रतिनिधि सभा भित्रको सहभागिता सुनिश्चित गर्ने रणनीति अघि बढाउने योजना बनाएको छ।















