Logo

२३ मंसिर, वीरगञ्ज । बाराका वरिष्ठ फोटो पत्रकार फैजुल्लाह आलमको उपचारका क्रममा मंगलबार साँझ निधन भएको छ। परवानीपुर गाउँपालिका–३ लिपनीमाल निवासी ५५ वर्षीय आलम पछिल्लो केही वर्षयता स्वास्थ्य समस्याका कारण उपचाररत थिए।

आइतबार रातिदेखि मस्तिष्कघात भएपछि वीरगन्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएका आलमको मंगलबार साँझ उपचारका क्रममा निधन भएको भतिजो अमिर अख्तरले जानकारी दिए। उनका अनुसार फोटो पत्रकारितामा सक्रिय रहँदै गर्दा केही वर्षअघि पक्षघात भएपछि स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो। पुनः मस्तिष्कघात भई अस्पताल भर्ना गर्नुपरेको र उपचारले साथ नदिँदा अन्ततः जीवनयात्रा समाप्त भएको परिवारजनले बताए।

आलमको निधनले बाराका पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको स्थानीय पत्रकार, समाजसेवी तथा विभिन्न संघ–संस्थाले टिप्पणी गरेका छन्। विभिन्न सङ्घ–संस्थाले वक्तव्य जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् भने शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।


सम्बन्धित समाचार