Logo

२६ जेठ, काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन प्रति तोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर ४ हजार ९ सय २५ रुपैयाँ कायम भएको छ ।

हिजो चाँदी ४ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो । केही समयअघिको तुलनामा सुनचाँदीको मूल्यमा उतारचढाव जारी रहेकाले बजारमा यसको प्रत्यक्ष असर देखिएको छ ।


सम्बन्धित समाचार