२६ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्रीका रूपमा फर्किने भएका छन् ।
सम्पत्ति विवरणलगायत विभिन्न विवादमा मुछिएपछि राजीनामा दिएका गुरुङलाई सरकारले गठन गरेको छानबिन समितिले निर्दोष ठहर गर्दै ‘क्लिन चिट’ दिएपछि उनको मन्त्री पदमा पुनरागमन निश्चित भएको हो । विवादमुक्त भएपछि प्रधानमन्त्री शाहले उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिने निर्णय लिएका हुन् ।
आजै अपराह्न ३ बजे राष्ट्रपति भवन शीतल निवासमा उनको शपथ ग्रहणको कार्यक्रम तय गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । सोही अनुसार शपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचारसमेत भइसकेको छ ।

















