Logo

२६ जेठ, काठमाडौं । सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुदन गुरुङमाथि उठेका प्रश्न र विवादको निरूपणका लागि गठित छानबिन समितिले बुझाएको प्रतिवेदन औपचारिक रूपमा ग्रहण गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढाउने गरी ग्रहण गर्ने निर्णय गरेको हो । विगतमा गृहमन्त्रीको जिम्मेवारीमा रहँदा विवादमा मुछिएपछि गुरुङले आफ्नो पदबाट राजीनामा दिएका थिए। त्यसलगत्तै उनको कार्यकालमा भएका निर्णय र कार्यसम्पादनका विषयमा गम्भीर प्रश्नहरू उठेपछि सरकारले सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको थियो ।

समितिले लामो समयको अनुसन्धान र अध्ययनपछि तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गरेको थियो । यस निर्णयसँगै अब उक्त प्रतिवेदनमा औँल्याइएका विषयवस्तु र सिफारिसहरू सार्वजनिक हुने र त्यसैका आधारमा आगामी कानुनी प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ ।


सम्बन्धित समाचार