Logo

२६ जेठ, काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकासलाई थप गतिशील बनाउने उद्देश्यले सरकारले महत्त्वपूर्ण निर्णय लिएको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले चारवटा महत्त्वपूर्ण जलविद्युत आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न औपचारिक रूपमा अनुमति प्रदान गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दिएको जानकारी अनुसार, स्वीकृत पाउने आयोजनाहरूमा तल्लो अरुण, तल्लो न्यादी खोला (लोअर न्यादी खोला), घुन्सा खोला र तादी खोला जलविद्युत आयोजना रहेका छन् ।

यी आयोजनाहरूको निर्माण प्रक्रियामा वन क्षेत्र प्रयोगसम्बन्धी कानुनी जटिलता लामो समयदेखि तगारो बनेको थियो । मन्त्रिपरिषद्को यस पछिल्लो निर्णयसँगै अब ती आयोजनाहरूले वन क्षेत्रको जग्गा प्रयोगका लागि बाटो खुला भएको छ, जसले आयोजनाहरूको निर्माण कार्यलाई समयमै सम्पन्न गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ ।

सरकारले जलविद्युत विकासलाई प्राथमिकतामा राखेकाले वातावरणीय मापदण्ड पूरा गरी राष्ट्रिय वन क्षेत्रको उपयोग गर्ने गरी यस्तो अनुमति दिइएको हो । यस निर्णयबाट नेपालको ऊर्जा उत्पादन क्षमता वृद्धिमा उल्लेख्य योगदान पुग्ने सरकारी अपेक्षा छ ।


सम्बन्धित समाचार