Logo

२६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षी दलहरूले आफ्नो विरोध जारी राखेका छन् ।

बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर संसद्मा अवरोध सिर्जना गरेका हुन् । सभामुख डीपी अर्यालले बैठक सञ्चालन गर्ने प्रयास गरे पनि विपक्षी दलहरूको अडानका कारण सदनको नियमित कामकारबाही प्रभावित भएको छ ।

बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद क्षितिज थेबेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमा दिएको पछिल्लो अभिव्यक्तिको प्रष्ट जवाफ नआएसम्म अवरोध कायमै रहने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले सदनभित्र प्रधानमन्त्रीको उपस्थितिको माग गरिरहेका छन् । सदनमा देखिएको यो गतिरोधले गर्दा आजका लागि तय गरिएका महत्त्वपूर्ण एजेन्डाहरू अघि बढ्न सकेका छैनन्, जसले गर्दा संसद्को कामकारबाही पुन, अनिश्चित बनेको छ ।


सम्बन्धित समाचार