Logo

२६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा सहिदको सम्मानमा गरिएको मौनधारणलाई लिएर सभामुख डीपी अर्यालले कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको स्मरण गर्दै ५ मिनेट मौनधारण गराएपछि सभामुख अर्यालले प्रतिपक्षी बेन्चबाट सभाको मर्यादा र प्रक्रियामाथि अपमान भएको भन्दै आपत्ति जनाउनुभएको हो ।

सभामुख अर्यालले सभा सञ्चालन भइरहेको अवस्थामा सांसदहरूले आफैँ समय तोकेर र कार्यसूची बाहिर गएर मौनधारण गराएको कार्यलाई सभामाथिको प्रहारका रूपमा लिनुभएको छ । ‘सभा सञ्चालन गरिरहेका बेला सांसदहरूले आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैँ समय तोकेर जुन काम गर्नुभयो, यो सभाप्रतिको अपमान हो,’ उहाँले भन्नुभयो ।

सहिदहरूप्रति सम्मान गर्ने विषयमा आफू पनि सकारात्मक रहेको तर संसदीय प्रक्रिया र मर्यादा मिचेर गरिएको उक्त कार्यप्रति ध्यानाकर्षण भएको उहाँको भनाइ छ । यस प्रकरणले सदनभित्रको कार्यप्रणाली र मर्यादाको विषयमा नयाँ बहस सिर्जना गरेको छ ।


सम्बन्धित समाचार