Logo

६ जेठ, काठमाडौं । संसदमा जारी गतिरोध र पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे साझा धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ ।

मङ्गलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने गरी आह्वान गरिएको उक्त बैठकमा विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूको सहभागिता रहनेछ । पछिल्लो समय संसद्मा सरकारविरुद्ध कडा रूपमा प्रस्तुत भइरहेका विपक्षी दलहरूबीच थप रणनीतिक समन्वय र आगामी कदमबारे छलफल गर्नु बैठकको मुख्य उद्देश्य रहेको कांग्रेसका सचेतक निश्कल राईले जानकारी दिनुभएको छ ।

बजेटमाथिको विवाद र प्रधानमन्त्रीको अभिव्यक्तिलगायतका विषयलाई लिएर संसद् बैठक निरन्तर अवरुद्ध भइरहेको सन्दर्भमा, यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । संसद्को अवरोध हटाउने विषयमा विपक्षी दलहरूले आफ्नो अडान कत्तिको कायम राख्छन् वा साझा रणनीतिमा परिमार्जन गर्छन्, त्यो आजको छलफलबाट स्पष्ट हुनेछ ।


सम्बन्धित समाचार