Logo

A Portrait of the faction’s President Puspa Kamal Dahal ‘Prachanda’ giving speech in the program against the dissolution of House of Representatives at Kathmandu, Nepal on Wednesday, February 10, 2021. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images)

वीरगन्ज, २२ भदौ । नेकपा माओवादी केन्द्र पर्साले प्रतिनिधिसभा निर्वाचनको चारवटै क्षेत्र र प्रदेशसभा निर्वाचनको ८ वटै क्षेत्रको उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्साको बुधबार बसेको बैठकले पर्साले उम्मेदवारको सिफारिस टुंगो लगाएको हो ।

प्रतिनिधिसभाको चार र प्रदेशसभा निर्वाचन क्षेत्रको ८ वटै क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरे अनुसार क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वारमा जफर अन्सारीको एकल नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर नम्बरमा बालकृष्ण श्रेष्ठ, क्षेत्र नम्बर ३ मा डाक्टर सुभाष यादव र क्षेत्र नम्बर ४ मा टेक बहादुर शाक्य र इम्दाद गद्दीको नाम सिफारिस गरेको छ ।

त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को (क) मा प्रभु यादव, रहबर अन्सारी, पस्मिना कादरी र (ख) मा सुरेन्द्र गुप्ताको एकल नाम सिफारिस भएको छ । त्यस्तै क्षेत्र नम्बर २ मा जनयुद्धबाट आएका बालकृष्ण श्रेष्ठ प्रतिनिधिसभामा, अमिताभबच्चन दास प्रदेशसभा (क) र प्रभाकर गुप्ता प्रदेशसभा (ख) को उम्मेदवारमा एकल नाम सिफारिस गरेको छ ।

त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर ३ को (क) मा बालेश्वर थारु र (ख) मा छोटेलाल प्रसादको एकल नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ४ को प्रदेशसभा (क) मा विजय प्रसाद महतो र विरेन्द्र प्रसाद यादवको नाम सिफारिस भएको छ भने (ख) मा शेष चाँदतारा र संतोष पटेलको नाम सिफारिस भएको नकेपा माओवादी केन्द्र पर्साले जनाएको छ ।


सम्बन्धित समाचार