Logo

वीरगञ्ज, २३ भदौ । पर्साको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि नेकपा माओवादी केन्द्रले टेक बहादुर शाक्यको नाम सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र पर्साले पार्टीका केन्द्रीय सदस्य शाक्यको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो । शाक्यसँगै सोही क्षेत्रबाट इम्दाद गद्दीको नाम पनि सिफारिस गरिएको छ ।
शाक्य र गद्दीको क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचनका लागि नाम सिफारिस भएसँगै नेकपा माओवादी केन्द्र पर्साले पर्साका ४ वटै प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको सिफारिस टुङ्गो लगाएको छ ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्साको बुधबार बसेको बैठकले गरेको सिफारिसबमोजिम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष उम्मेदवारका लागि जफर अन्सारीको एकल नाम सिफारिस भएको छ । बाल कृष्ण श्रेष्ठको क्षेत्र नम्बर २ बाट र डा. सुभाष यादवको क्षेत्र नम्बर ३ बाट सिफारिस प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको हो ।
त्यस्तै क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्षतर्फ प्रभु यादव, रहबर अन्सारी र पस्मिना कादरी, १ (ख) बाट सुरेन्द्र गुप्ता, क्षेत्र नम्बर २ (क) बाट अमिताभ बच्चन दास, २ (ख)बाट प्रभाकर गुप्ता, क्षेत्र नम्बर ३ (क) बाट बालेश्वर प्रसाद थारु, ३ (ख) बाट छोटेलाल यादव, क्षेत्र नम्बर ४ (क) बाट विजय प्रसाद महतो र बिरेन्द्र प्रसाद यादव र ४ (ख) बाट शेखचाँद तारा र सन्तोष पटेलको नाम सिफारिस भएको जिल्ला ईन्चार्ज बिजय महतोले जानकारी दिए ।


सम्बन्धित समाचार