Logo

वीरगञ्ज २४ भदौ । वीरगंज महानगरपालिकाले ठेक्का मार्फत उठाउने कवाडी करमा ठेकदारले कानुन भन्दा बाहिर गएर रकम असुलेको गुनासो व्यवसायीहरुले गरेका छन । भारतबाट आयतित औद्योगीक कच्चा पदार्थमा समेत कानुन विपरित रकम असुल गरेको विषयमा महानगर प्रमुखसँग गुनासो राख्दा समेत कुनै सुनुवाई नभएको व्यवसायी वताएका छन ।
वीरगंज महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९÷०८० का लागि कवाडी कर उठाउने ठेक्का मेदान्त कन्स्ट्रक्सनलाई दिएको थियो । ठेकदारले महानगरपालिकासँग भएको सम्झौता विपरीत गुण्डागर्दीको आडमा कर लिइरहेको विषयमा समेत प्रमुख राजेशमान श्रेष्ठले कुनै वास्ता नगरेपछि व्यवसायीहरु अक्रोशित भएका छन ।
भारतबाट नेपालको आईसीपी भन्सार हुँदै भित्रिएको कोइलामा समेत कवाडी कर लिएको फेला परेको छ । कर संकलन केन्द्रमा खटिएका ठेकेदारका कर्मचारीले भन्सारबाट निस्किएको भारतीय नम्बरको ट्रकलाई रोकेर प्रतिट्रक दुईसय भारतीय रुपैया लिने गरेका छन । भदौ १७ गते आईसीपी भन्सारबाट कोइला जाँचपास गराएर नेपाल छिरेको जेएज १० बी ए ३२७४ नम्बरको ट्रकका चालकसँग बहुअरी चोकमा यस्तो अनधिकृत रकम लिइएको हो ट्रक चालकले वताए । वीरगञ्ज भन्सारबाट दैनिक नि सयौं गस्कने गाडीसँग यसरी अनियमित रूपमा रकम लिने गरेको व्यवसायीहरुले आरोप लगाएका छन ।
कर्मचारीले कर रसिदमा ट्रकको पूरा नम्बरसमेत उल्लेख गर्दैनन् । उक्त दिन भित्रिएको ट्रकको नम्बरसमेत ३२७४ मात्र लेखिएको छ । यस्ता ट्रकले ‘दादागिरी’ कर तिर्नुपरेको गुनासो आयातकर्ताको छ ।
वीरगंज उद्योगवाणिज्य संघका पदाधिकारीहरुले समेत यस विषयमा महानगर प्रमुख श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । पटक पटक भनियो तर मेयरबाट कुनै सुनुवाई हुन सकेन वीरगंज उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने ।
वीरगंज महानगर पालिकाले महानगर क्षेत्रभित्र उत्पत्ति, संकलन तथा व्यावसायिक उपयोग, कारोबार हुने जडीबुटी, कवाडी तथा जीवजन्तु कर र सिमेन्टको विक्रीमा शुल्क उठाउन गत साउनमा ठेक्का लगाएको थियो । महानगरले वीरगञ्जका १३ स्थानमा कर संकलन स्थल तोकेर ठेकेदारमार्फत रकम उठाउदै आएको छ ।
कवाडी कर ठेक्कामा पनि महानगरपालिकाले कानुन विपरित मेदान्त कन्स्ट्रक्सनलाई ठेक्का दिएको दिएको थियो । महानगरपालिकाले ठेकदारसँग लिनुपर्ने धरौटी रकम समेत नलिई सिधै ठेक्का सम्झौता गरिएको विषयलाई लिएर प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडलले प्रमुखसँग असहमती जनाएपछि ठेकदारले सम्झौता गरेको २३ दिन पछि मात्र रकम जम्मा गरेको वताइएको छ ।
ठेकेदारले ठेक्काको शर्त मिचेर आयातित औद्योगिक कच्चापदार्थ, सहायक कच्चापदार्थ र महानगर क्षेत्रभन्दा बाहिर उत्पादन भएको सिमेन्टमा समेत कर लिएको भेटिएको छ ।
वीरगञ्ज महानगर राजस्व प्रशासनका प्रमुख मनोज कर्ण ठेकेदारले आयातित कच्चा पदार्थमा कवाडी कर लिन पाउँदैन यदी नियमविपरीत कर लिएको प्रमाणित भए ठेकदारलाई कार्वाही हुने वताउनु भयो ।
तर, ठेकेदारको मनपरीबारे महानगरको नेतृत्वलाई पटकपटक जानकारी दिए पनि सुनुवाइ नभएको वीरगञ्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले बताए । कवाडीकरका ठेकदार संजय कुमार गुप्ताको नाउँमा मेयर श्रेष्ठले आफू मेयर हुनु पूर्व विभिन्न ठेक्कामा साझेदारी गर्दै आइरहेकोले यस ठेक्कामा पनि मेयर अघोषित पाटन हुन सक्ने महानगर स्रोतले वताएको छ ।
हालै बारा जिल्लाको एक सिमेन्ट उद्योगले वीरगञ्ज पठाएको सिमेन्टमा स्थानीय गण्डकमा प्रतिबोरा १ रुपैयाँको दरले कर असुलेको थियो । उद्योग व्यवस्थापनले प्रतिवाद गरेपछि त्यो उद्योगको उत्पादनमा कर नलिन ठेकेदार सहमत भएको छ । स्थानीय स्रोत उपयोग गरी उत्पादन भएको वस्तुमा शुल्क लिन सकिने भए पनि महानगरले स्थानीय स्रोत उपयोग नगरी उत्पादित सिमेन्टमा शुल्क लिइरहेको छ । यो आफैमा गैरकानूनी काम भएको उद्यमीहरूको तर्क छ ।


सम्बन्धित समाचार