Logo

२९ भदौ वीरगञ्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले बिल बिजक भन्दा बढी खुद्रा सामान तथा औषधीहरू लोड रहेका कन्टेनर सहितकाे एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीका अनुसार बिल विजक भन्दा बढी खुद्रा सामान तथा औषधीहरू बोकेर काठमाडौं तर्फ गइरहेको सूचनाको आधारमा ट्रक नियन्त्रणमा लिएको हो ।


जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले परवानीपुर चोक नजिक ना ३ ख ७६५६ नम्वरको मालवहाक कन्टेनर ट्रकलाई रोकी विल बिजक चेकजाँच गर्दा शंकास्पद देखिएकोले अनुसन्धानका लागि ट्रक नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक गिरीले वताउनु भयो । उक्त ट्रकमा रहेको सामानको मूल्य ४६ लाख ७ हजार ३९३ रुपियाँ कायम गरी थप अनुसन्धान र कार्वाहीका लागि राजश्व अनुसन्धानको कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार