Logo

२९ भदौ वीरगञ्ज ।
वीरगंजको अलौमा गएराती सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा अनुसार वीरगञ्जबाट पोखरीया तर्फ गइरहेको प्रदेश २ ०३ ०१२ प ५६०९ नम्वरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको बा २ झ ४०२० नम्वरको एम्बुलेन्सले ठक्कर दिँदा सखुवा प्रसौनी गाउँ पालिका वडा नं.४ बस्ने बर्ष ७० का फजिल देवानको मृत्यु भएको हो । उक्त घटनामा मोटरसाइकल चालक सोही ठाउँ वस्ने जुमादिन देवान गम्भिर घाइते भएका छन ।

घाइते जुमादिनको वीरगंज स्थित एलएस न्यूरो अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले वीरगंज महानगरपालिका वडा नंं १९ वस्ने एम्बुलेन्स चालक जियालाल यादव र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक दिपक गिरीले वताउनु भयो ।


सम्बन्धित समाचार