Logo

३० भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपालले जितको इतिहास लेख्न सकेको छैन, भारतलाई हराउन नसक्दा धेरै पटक उपाधिबाट भने चुकेको छ ।
नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा यो पटक विगत दोहो¥याउने होइन, इतिहास तोड्ने विश्वासमा छन् । शुक्रबार दशरथ रंगशालामा भारतसँग हुने खेल जितेर नेपाललाई फाइनलमा पु¥याउने लक्ष्यमा छन् थापा ।
शुक्रबार हुने सेमिफाइनल खेल सन् २०१६ को पुनरावृत्तिकै रुपमा छ । सेमिफाइनलमा नेपालले सामना गर्ने प्रतिद्वन्द्वी मात्र होइन, नेपालका प्रशिक्षक समेत एउटै हुन् उनै थापा । ‘२०१६ मा भएको घटना हाम्रो विगत हो । त्यो अवस्था छैन अहिले,’ उनले भने, ‘सबै कुरा नयाँ र फरक भइसकेको छ । हिजो भएको कुरा सच्चाउन त म सक्दिनँ, तर अब हुने खेलमा नेपाल कमजोर पर्दैन ।’
सिलगुढीमा २०१६ को सेमिफाइनलमा भारतसँग नमिठो हार व्यहोरेका उनले यसपाली इतिहास तोड्ने आधार खेलाडीको क्षमता र घरेलु दर्शकको साथलाई मानेका छन् । भन्छन्, ‘यस पटक २०१६ को इतिहास दोहोरिदैन यसमा म विश्वस्त छु ।’
दोस्रो पटक साफका लागि राष्ट्रिय महिला टिमको जिम्मा पाएलगत्तै उनले नयाँ जीवन भन्दै यो मौका खेर नफाल्ने बताएका थिए । ‘अहिले हाम्रा खेलाडीहरुमा आत्मविश्वास छ,’ उनी भन्छन्, ‘साफले नेपाल ल्याएको ट्रफी हामी अन्य देशमा लैजान दिँदैनौं भन्ने लक्ष्यका साथ नै हामी मैदानमा उत्रिएका छौं र उत्रिने छौं ।’
२०१६ यता धेरै सुधार भएको र फुटबलमा सधैं एउटा टिम सधैं बलियो र अर्को सधैं कमजोर भन्ने नरहने उनले बताए । नेपाली टिममा सुधार भएको र आफूमा पनि रणनीतिक हिसाबले निखार आएको हुनाले नेपाली टिम र आफू कमजोर नरहेको उनी दाबी गर्छन् ।
उनले राष्ट्रिय महिला टिमलाई नियालेको नौ हप्ता भयो । यसबीच खेलाडीको मनोबल निकै बलियो रहेको महसुस भएको भन्दै प्रशिक्षक थापाले भनेका छन्, ‘नेपाली खेलाडी आत्तिएका छैनन्, उनीहरु घरेलु मैदानमा उपाधी राख्ने भोकका साथ खेलेका छन् । यस पटक केही राम्रो नै हुनेछ ।’
मंगलबारको खेलमा बंगलादेशसँग ३–० को हार व्यहोरेपछि भारत समुह एको उपविजेता बन्यो र नेपालसँगको सेमिफाइनल भेट पक्का भयो ।
बंगलादेशसँगको त्यो हारलाई भारतीय प्रशिक्षक सुरेनकुमार क्षेत्रीले नेपालसँगको खेलका लागि टिम बलियो बनाउने मौका भनेका छन् । मंगलबारको खेलपछिको पत्रकार सम्मेलनमा उनले भने, ‘नेपालको घरेलु मैदानमा नेपालसँगै खेल्नु हाम्रो लागि कम चुनौतीपूर्ण हुँदैन, तर हामी अझ बलियो भएर सेमिफाइनल खेल्नेछौं ।’
बंंगलादेशका खेलाडीले अघि बढाएको बल खोस्ने प्रयास गर्दै भारतीय खेलाडी ।
नेपाल राम्रो टोली रहेको र नेपाल एक ‘फुटबल हब’ भएको राष्ट्र भएका कारण नेपाली भूमिमा नेपालसँग खेल्न कठिन रहने उनले बताए ।
नेपाल र भारतबीचको सेमिफाइनल खेल शुक्रबार बेलुकी साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो सेमिफाइनलमा १ बजे समुह ए को विजेता टिम बंगलादेश र समुह बी को उपविजेता टिम भुटानबीच प्रतिस्पर्धा हुने छ । साभार अनलाइन


सम्बन्धित समाचार