Logo

२ असोज, वीरगञ्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले लत्ताकपडा र खुद्रा सामान बोकेको एउटा मालवाहक ट्रकलाई राजश्व छलि गरेको आरोपमा वीरगञ्जको आदर्शनगरबाट आइतवार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीका अनुसार बिल विजक भन्दा बढी बिभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामान लिएर काठमाडौं तर्फ जानलागेको सूचनाको आधारमा प्रहरीले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो ।

वीरगञ्जको आर्दशनगर स्थित जे.वी ट्रान्सर्पोटबाट मालसामान लोड गरिएको ना ३ ख ४१४१ नम्वरको उक्त मालवाहक ट्रकमा लोड गरिएको सामान र बिल विजक शंकास्पद देखिएकोले उक्त ट्रकमा रहेको मालसामानको ५६ लाख ८७ हजार ३०६ रुपियाँ मुल्यांकन गरि अनुसन्धानका लागि राजश्व अनुसन्धानको कार्यालय पथलैयामा पठाइएको प्रहरी नायव उपरिक्षक गिरीले बताउनु भयो ।


सम्बन्धित समाचार