Logo

१ असाेज वीरगञ्ज ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि विकसित भएको पिछल्लो संवैधानिक अन्याेल उत्पन्न भएको अवस्थामा उपराष्ट्रपति पुनले वक्तव्य निकालेर संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको बताएका हुन्।

उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ। पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन्। यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो।’

संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गराउँदै उनले संविधानको पालन र संरक्षणका लागि सबै पक्षसँग आग्रह गरेका छन्।


सम्बन्धित समाचार