Logo

६ असोज, काठमाडौं । धादिङको गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गरेका छन् ।

गजुरी बजारको आदर्श माद्यामिक बिद्यालयका एक जना ६ वर्षका विद्यार्थीलाई बाटो काट्ने क्रममा ग १ ख ४५६५ नम्बरको बसले जेब्राक्रसमै ठक्कर दिएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविका विद्यार्थी कक्षा १ मा पढ्ने ६ वर्षीय विजय परियार रहेको विद्यालयका प्रधानाध्यापक राम अर्यालले बताए । जेब्राक्रसबाट बाटो काट्दै गर्दा बसले विद्यार्थीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । अहिले गजुरी बजार तनावग्रस्त रहेको छ । दुवैतर्फबाट आएका सवारी साधन रोकिएका छन् ।

विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड र आगजनी गरेका छन् । आगजनीबाट गाडी पूर्णरुपमा क्षती भएको छ ।
उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् ।


सम्बन्धित समाचार