Logo

६ असोज वीरगञ्ज ।
मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको मकवानपुरका एसपी वामदेव गौतमले बताए ।
दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा मृत्यु भएको एसपी गौतमले जानकारी दिए । उनले भने–‘उद्दार कार्य हुँदै छ, च्यापिएको अवस्थामा ६ जनाको शव निकालेका छौं ।’ मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ ।
बसमा सवार यात्रुको संख्या यकिन नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दियो । शवको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ । काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका ६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । घुम्तीमा बस मोड्ने क्रममा ब्रेक नलागेपछि बस तल खसेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर घाइतेको उद्धार गरिरहेको छ ।
बस दुर्घटनाले अहिले छोटो मार्ग अवरुद्ध भएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतमको नेतृत्वमा प्रहरी टोली पुगेको छ ।

 


सम्बन्धित समाचार