Logo

६ असोज, वीरगञ्ज ।
बाराको फेटा गाउँपालिका वडा–२, जगतपुर टोलमा सञ्चालित गहवामाई बेकरी सटिङ रिपियरिङ उद्योग र जय माँ लक्ष्मी डेरी उद्योगमा सिल गरिएको छ ।
उद्योगबाट गुणस्तरहीन घ्यू उत्पादन भएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, बारा, खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, उपभोक्ता संरक्षण मञ्च नेपालका प्रतिनिधि तथा प्रहरीसमेत खटिएर बिहिवार दिउँसो सिल गरेको हो ।

सिनियर प्रहरी अधिकृतसमेतको संयुक्त अगुमन टोलीले उद्योग अनुगमन गर्दा उद्योगबाट उत्पादित विभिन्न ब्राण्डका तयारी घ्यू तथा कच्चापदार्थ पाइएको हुँदा स्थानीय प्रतिनिधिसमेतको रोहबरमा तयारी तथा कच्चापदार्थसहित उद्योगमा सिलबन्दी गरी थप अनुसन्धान अगाडि बढाइएको हो ।

सिलबन्दी गरिएका तयारी तथा कच्चापदार्थमा तयारी गोकुल लेखिएको ५०० ग्रामको १ हजार २ सय ७७ बट्टा ९६३८।५ लिटर०, सोल्टी लेखिएको ५०० ग्रामको ४ सय ५९ बट्टा ९२२९।५ लिटर०, रोयल लेखिएको ५०० ग्रामको ५ सय ५० बट्टा ९२७५ लिटर०, मालक्ष्मी लेखिएको १ लिको १८ बट्टा ९१८ लिटर० र ८० कार्टुन बेकरी ९१,६०० लिटर० छन् ।

कच्चा पदार्थमा घ्यू तयारीका लागि राखिएको प्रति ५० लिटरका ३ ड्रम कच्चापदार्थ ९१५० लि० तथा तयारी बेकरी कच्चापदार्थ १ हजार १ सय ६१ लिटरमा पनि सिल गरिएको छ ।


सम्बन्धित समाचार