Logo

२१ असोज, वीरगन्ज । सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ ।आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सीट बाँडफाँटलाई टुङ्गो लगाउन बैठक जारी छ । तर, जसपाका नेताहरु भने नआएको एक सहभागीले बताए ।‘म त्यहाँ गएको छैन । साथीहरु पनि जानुभएको छैन’, जसपाका एक नेताले नेपाल प्रेससँग बताए ।जसपा सत्ता गठबन्धनमा असन्तुष्ट छ ।

गठबन्धनमा २४ क्षेत्र दाबी गरेकोमा १६ भन्दा बढी नदिने देखिएपछि जसपा अहिले एमालेसँग छलफलमा छ ।गएराति एमाले नेता रघुवीर महासेठको निवासमा एमाले र जसपाबीच चुनावी तालमेलको विषयमा भएको छलफल निष्कर्ष नजिक पुगेको ती नेताले बताए ।संघमा २० र प्रदेशमा ४४ क्षेत्रको वरिपरिमा सहमति हुन सक्ने ती नेताको भनाइ छ । उनका अनुसार आजै दुई दलबीच तालमेल टुंगिनेछ ।


सम्बन्धित समाचार