Logo

२१ असोज, काठमाडौं । एएफसी यू–१७ एशियन कप छनोटको दोस्रो खेलमा नेपालले आज (शुक्रबार) आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ ।नेपालले दोस्रो खेलमा आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र भियतनामबीचको खेल शुक्रबार साँझ पौने ६ बजे सुरु हुने भएको छ । फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टोली भियतनामविरुद्ध नेपाललाई सहज हुने छैन् ।बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो । भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ ।

पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४–० ले पराजित गरेको थियो । समूह ‘एफ’ मा रहेको नेपाल अंक बिहीन रहदै तेस्रो स्थानमा रहेको छ ।भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ । छनोट अन्तर्गत नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । त्यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एशियन कप खेल्नेछ ।


सम्बन्धित समाचार