Logo

२२ असोज काठमाडौँ ।
अमेरिकी डलरको भाउ १३२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार र शनिबारका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३२‍।०२ रुपैयाँ तथा खरिद दर १३१।४२ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । पछिल्लो दुई महिनायता डलर निरन्तरजसो उकालो लागिरहेको छ ।

सोही क्रममा शुक्रबार र शनिबार नयाँ रेकर्ड बनाएको हो । अमेरिकी डलरको भाउ निरन्तर रूपमा उकालो लागेपछि नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर बनेको हो । एक साता अघि ९दसैं बिदा सुरु हुनुअघि० एक अमेरिकी डलरको बिक्री दर १३१।४१ रुपैयाँ पुगेको थियो । त्यसअघि गत साउन ५ मा एक अमेरिकी डलरको विनिमय दर १२८।२९ रुपैयाँ पुगेको थियो । साउन १८ मा १२६।२५ रुपैयाँसम्म झरेको डलर त्यसयता फेरि उकालो लाग्न थालेको छ ।

पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ बढेको हो । डलरको भाउ बढेपछि भारुसँगै नेपाली मुद्रा कमजोर भएको जानकार बताउँछन्  । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।

शनिबार दिउँसो ३ बजेसम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८२।८३ पुगेको छ । गत शनिबार यस्तो दर भारु ८२।११ रहेको थियो । पछिल्ला महिनामा अमेरिकी अर्थतन्त्रमा सुधारका संकेत देखिएकाले अमेरिकी डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ । राष्ट्र बैंकका अनुसार ०७८ असार मसान्तको तुलनामा ०७९ असारसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको छ ।


सम्बन्धित समाचार