Logo

२३ असोज, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का युवा नेता मुकेश द्विवेदीले जसपा परित्याग गरे संगै आज पर्सा क्षेत्र नम्बर २ को (ख) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जसपा परित्याग गरेको घोषणा गर्दै उनले पर्सा क्षेत्र नम्बर २ को (ख) बाट आज स्वतन्त्र उम्मेदवारी दिएका हुन ।यसअघि जसपाबाटै उनले पर्सा २ को (ख) मा प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने आकांक्षा राखेका थिए । तर शनिबार जसपा र एमाले बिच भएको गठबन्धनमा उक्त क्षेत्र एमालेको भागमा परेपछि द्विवेदीले शनिबार बेलुकी जसपा छाडेको घोषणा गर्दै त्यहि क्षेत्रबाट आइतबार स्वतन्त्रमा उम्मेदवारी दिने उद्घोष गरेका थिए ।नेपाली काँग्रेसको भातृ संगठन नेविसंघबाट राजनीतिक यात्रा थालेका द्धिवेदी नेविसंघबाटै ठाकुरराम बहुमुखी क्याम्पसकाो स्ववियु सभापतिमा निर्वाचित पनि भएका थिए । त्यसपछि काँग्रेस छाडेर नेकपा माओवादी केन्द्रमा लागेका द्विवेदी राजपा हुदै हाल जसपामा सकृय रहेका थिए ।


सम्बन्धित समाचार