Logo

२५ असोज, वीरगञ्ज ।
वीरगञ्जमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ९ रानीघाटका ध्रुब सर्राफ र पर्साको धोबिनी वडा नम्बर ३ का सैफुल्लाह अन्सारीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज वडा नम्बर २६ मा स्थानीय रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लाको छत प्लाष्टर गर्ने क्रममा छेउकै विद्युतको पोलको तारमा छोइएर करेन्ट लाग्दा अन्सारीको मृत्यु भएको हो ।

त्यस्तै वीरगञ्ज वडा नम्बर ८ पानीटंकीस्थित स्थानीय सत्रुध्न सर्राफको घरको छाना सरसफाइ गर्ने क्रममा करेन्ट लागेर धु्रव सर्राफ गम्भीर घाइते भएका थिए । घाइते सर्राफको वीरगञ्ज स्थित आशाराम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक प्रदीप गिरीले वताए ।


सम्बन्धित समाचार