Logo

२६ असोज, गोरखा ।
निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टिकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा तोकिएको संख्या भन्दा धेरै मानिस भेला गरेको र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टिकरण सोधेको हो ।

‘सामान्य तरिकाले तोकिएको संख्यामा मात्रै मनोनयनपत्र दर्ता गर्न जानुपर्नेमा बाजागाजा र तामझाम सहित मनोनयनपत्र दर्ता गराउन गएको भन्ने सूचना हामीले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा पायौं’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘यो विषय सत्य हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने भनी स्पष्टिकरण सोध्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।


सम्बन्धित समाचार