Logo

२७ असोज, काठमाडौं । पाकिस्तानमा एउटा गुडिरहेको बसमा आगालागी हुँदा १७ जनाको मृत्यु भएको छ । दक्षिणी पाकिस्तानमा बुधबार राति गुडिरहेको बसमा आगलागी भएको हो ।कराँची पोर्ट सिटीबाट हैदराबादसँग जोड्ने एम–९ मोटरवेमा उक्त घटना भएको हो ।

घटनामा १० जना घाइते भएको त्यहाँका अधिकारीहरुले जनाएको रोयटर्सले लेखेको छ । बसमा करिब ३५ जना यात्रा गरिरहेका थिए ।बसमा दादु जिल्लाका बाढी पीडितहरु रहेको जनाइएको छ ।

बाढीको समस्या सामान्य हुँदै गएपछि आश्रयस्थलबाट घर फर्किरहेको बेलामा बस दुर्घटनाग्रस्त भएको हो । उनीहरुले घर फर्कनका लागि निजी सवारी प्रयोग गरेका थिए । दादु सिन्ध प्रदेशको सबैभन्दा बढी बाढी प्रभावित जिल्ला हो ।बसमा कसरी आगलागी भयो भन्ने विषयमा कुनै तथ्यहरु नआएको पनि समाचारमा जनाइएको छ ।

प्रहरी अधिकारीले भने बसमा विद्युत् सर्ट भएर आगालागी भएको बताएको छ ।


सम्बन्धित समाचार