Logo

३१ असोज, वीरगञ्ज । प्रहरीले भन्सार छली ल्याइएको साढे पाँच लाख भन्दा बढीको औषधि बरामद गरेको छ ।प्रहरीले वीरगञ्ज महानगरपालिका–१ ईदगाह चोकमा बेवारिसे अवस्थामा रहेको आईभिट जेल क्याप्सुल नामक औषधि बरामद गरेको थियो ।

बरामद गरिएको औषधीको मुल्य पाँच लाख ८८ हजार बराबर रहेको पर्साका प्रहरी प्रबक्ता दिपक गिरीले जानकारी दिए।बरामद औषधीलाई आवशयक कारवाहीको लागि वीरगञ्ज् भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।


सम्बन्धित समाचार