Logo

३१ असाेज, सिमरा।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पालिका भित्रमा दलिय उमेदवारको कुनै पनि माध्यमले प्रचार गर्न नपाउने आचार संहिता जारी गरेपनि बारा जिल्लाका जनप्रतिनिधिहरुले आचार संहिता उल्लंघन गरेको पाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारको प्रचारप्रसारमा लागेमा कारबाही हुने निर्वाचन आयोगले जनाएको छ । कतिपय स्थानीय तहका कार्यपालिका पदाधिकारी र सदस्यहरू आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले एक विज्ञप्ति जारी गरी त्यसरी उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइए त्यस्ता जनप्रतिनिधिलाइ कारबाही गरिने उल्लेख गरेको छ ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले निर्वाचनमा एमालेका उमेदवारलाई जिताउन सामाजिक संञ्जाल मार्फत दलका उमेदवारको पक्षमा भोट मागेका छन । उनले आफू जनप्रतिनिधि भएको निर्वाचन क्षेत्र नं. ४ का उमेदवार एकवाल मियाँको पक्षमा खुलेर प्रचारमा हिडेको र सामाजिक सञ्जालमा समेत एमालेको पक्षमा प्रचार गरिएको बिषय प्रति आयोगले कुनै कार्वाही नगरेकोमा अन्य राजनीतिक दलका उमेदवारले गुनासो गरेका छन ।


जितपुर सिमरा उपमहानगरपालिकाका नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आचार संहित विपरित आफ्ना दलका उमेदवारको पक्षमा मत माग्ने र सामाजिक सञ्जालहरुमा समेत प्रचारप्रसार गरिरहेको विषय प्रति आयोगले कुनै चासो नदेखाए अन्य राजनीतिक दलका प्रतिनिधिले आरोप लगाएका छन ।

बारा निर्वाचन क्षेत्र नं. ४ का निर्वाचन अधिकृत हर्क राईले जनप्रतिनिधिहरु दलका उमेदवारको पक्षमा भोट माग्दै हिडेको वा समाजिक सञ्जालको माध्मयले प्रचारप्रसार गरिरहेको भन्ने बारे कुनै उजुरी नआएको वताए । उनले आइतवार परवानीपुरमा मेनपावर कम्पनीले लिएको अन्तरर्वाताको विषय र सार्वजननिक स्थलमा दलका कार्यकर्ताले प्रचार सामाग्री राखेको विषयमा दुई वटामात्र उजुरी परेको वताए ।

निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि २०७९ को दफा ५ मा आमसञ्चार माध्यम, सामाजिक सञ्जाल वा अन्य माध्मयबाट आयोगले जानकारी लिई आचारसंहिता उल्घंनका घटनाको जानकारी लिने र कार्वाहीको लागि आयोगमा सिफारिस गर्ने व्यवस्था भएपनि बारा जिल्लामा आचार संहिता उल्लंघनका घटनाको अनुगमन हुन सकेको देखिदैन ।


सम्बन्धित समाचार