Logo

स्याहार केन्द्रमा रहेका असाहय, अशक्त र वृद्धवृद्धा / तश्वीर : माधव तिमल्सीना

१ कार्तिक, ठोरी पर्सा ।
सहयोगापेक्षी असहायहरुको पालन पोषण र संरक्षणका लागि व्यक्तिगत पहलमा ठोरीमा स्थापित असहाय तथा वृद्धवृद्धा कल्याण समाजमा आर्थिक सङ्कट परेको छ ।

जिल्लाकै सुदुर पश्चिममा पर्ने ठोरी गाउँपालिका वडा नं. १ मा समाजसेवी आश बहादुर गुरुङ्ले सन्चालन गरिरहेको कल्याण समाजमा असहायहरुको रेखदेख र पालनपोषण गर्न आर्थिक अभाव भएको आश्रममा संस्थापक तथा संरक्षक गुरुङ्ले जानकारी दिए। ठोरी गाउँपालिका वडा नं.१ को भगवाननगरमा रहेको सो संस्थामा हाल २३ जना अशक्त , असहाय तथा वृद्धवृद्धाहरु छन्।

आश्रममा आश्रय लिईरहेका असहायहरुको पालनपोषणमा मासिक करीब ७० हजार जति खर्च हुने गरेको संरक्षक गुरुङ्ले बताए । विभिन्न दाता र संस्थाहरुले बेलाबेलामा प्रदान गर्ने लत्ताकपडा र खाद्यान्न तथा भारतीय सेनाका जागिरे समेत रहेका गुरुङ्को पेन्सनको रकमबाट आश्रम चल्दै आइरहेको छ । गुरुङ्ले हाल प्राप्त गर्दै आइरहेको मासिक २३ हजार पेन्सन समेत सोही संस्थामा प्रयोग गरेका छ्न्।

केहि दिन यता पेन्सनको रकमले समेत अपुग भएपछि संस्थामा आर्थिक संकट परेको हो । चामल , दाल लगायतका खाद्यान्न सामग्रीको तत्काल जोहो गरेको भएपनि महिला र कतिपय ओछ्यानमा दिसापिसाब गर्ने अवस्थाका असहायहरुका लागि स्वास्थ्य सामाग्री खरीदमा समस्या परेको हो । ुखाद्यान्न र लत्ताकपडा त प्रायः दाताहरुबाट सहयोग हुन्छ, संरक्षकले गुरुङ्ले भने ।

आश्रममा रहेका महिलाहरुलाई महिनावारीको समयमा आवश्यक पर्ने सेनिटरी प्याड र कतिपयलाई त नियमित रुपमा डाईपर लगाउनुपर्ने भएकोले समस्या भएको छ । आर्थिक समस्या का कारण सेनिटरी प्याड र डाइपरको व्यवस्था गर्न कठिन हुन थालेको गुरुङ्ले बताए । अरुले हेर्दा सामान्य लागेपनि सेनिटरी प्याड र डाईपरको व्यव्स्था नगर्दा पनि नहुने र गर्न पनि आर्थिक अभाव भैरहेको उनको दुखेसो छ ।

रकम अभाब भएकै कारण डाईपर किन्न नै आश्रमलाई समस्या भएको छ । मङ्गलबार पेन्सनको रकम झिक्न वीरगञ्ज पुगेका गुरुङ्ले पेन्सनको रकम झिक्न नसकेपछि मानवसेवा आश्रमसँग सहयोग लिएर एम्बुलेन्समा तेल भर्नुपरेको बाध्यता सुनाए । आश्रमको स्वामित्वमा भारत सरकारको सहयोगमा प्राप्त एक थान एम्बुलेन्स छ , आश्रमको काम र बिरामी ओसारपसारमा उनले सोही एम्बुलेन्स प्रयोग गर्ने गरेका छन्।

आश्रममा दिगो आर्थिक स्रोत व्यवस्थापनका लागि नेपाली काङ्ग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठको पहलमा रु ५ अभियान सन्चालन गरिएको छ । उक्त अभियानमा सहभागी हुन इच्छुक सहयोगीहरुले दैनिक रु ५ का दरले एक मुष्ट वार्षिक वा सो भन्दा धेरै रकम सिधै रु ५ अभियानको खातामा जम्मा गर्न सक्ने अभियन्ता श्रेष्ठले बताए। अभियानबाट संकलित रकम मुद्दती खातामा जम्मा गरेर सो को मासिक ब्याज आश्रमले प्रयोग गर्ने उद्देश्यले थालिएको अभियानमा रकम जम्मा हुने क्रम रहेको श्रेष्ठले बताए ।


सम्बन्धित समाचार