Logo

१ कार्तिक, सिमरा बारा ।

नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य सहित बाराको जितपुर सिमराबाट ९७ जनाले सामुहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टीको गलत नीतिको कारण मधेशमा एमाले कमजोर वन्दै गएको र अर्को पार्टीबाट आएका व्यक्तिलाई निर्वाचनमा उमेदवार वनाएको आरोप लगाउर्दै नेकपा एमाले पार्टी परित्याग गरेका हुन ।उनीहरुको पार्टी परित्याग पछि एमाले बारामा खैलाबैला मच्चिएको छ ।

नेकपा एमाले बाराका नेता एंव मधेश प्रदेश सदस्य विश्वनाथ लामिछाने, जितपुरसीमरा नगर कमिटी उपाध्यक्ष बिरेन्द्र गिरी, पूर्व जिल्ला कमिटी सदस्यहरु मोजाहिर अन्सारी, कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाल, प्रदिप कुमार गुप्ता,जाफिर हुसेन मन्सुर,तार्केश्वर साह सोनार लगायत ९७ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

एमाले पूर्व जिल्ला कमिटी सदस्य विष्णुप्रसाद अधिकारीले पार्टीभित्र फरक मत राख्नेलाई पाखा लगाएर पैसा र पहुँच भएका व्यक्तिहरु हावी भएकोले सामुहिक राजीनामा दिनुपरेको बताएका छन् । ‘गरिब सर्वहाराको पार्टी भन्ने तर, व्यवहारमा निती नियममा नचल्ने भएपछि झोले बनेर पार्टीमा हामी बस्न सक्ने अवस्था नभएकोले सामुहिक राजीनामा दिएका हौ’ अधिकारीले भने ।

पार्टीभित्र २० औ वर्षदेखि निस्वार्थ ढंगले काम गर्नेलाई पाखा लगाउने तर पद लिनेबेलामा हिजो साईकल छापबाट चुनाव लडेर सेवा सुविधा उपभोग गरेकालाई आज हामीले फेरि सुर्यमा भोट दिएर जिताउनुपर्ने ? अधिकारीले भने प्रदेशकमिटी सदस्य सहित नगर कमिटी भित्र रहेका ९७ जना पुराना सक्रिय कार्यकर्ताले निर्वाचनको मुखमा सामुहिक राजीनामा दिएपछि एमालेलाई आस्रन निर्वाचनमा बारा–४ मा ठुलै धक्का लाग्ने देखिएको छ ।

बारा–४ मा एमाले–जसपा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा एकवाल मियाँ र प्रदेश तर्फ ४ (क) मा एमालेका पूर्व जिल्ला अध्यक्ष देवनारायण चौधरी र ४ (ख)मा जसपाबाट आत्मराम साहले उम्मेदवारी दिएका छन् । पार्टीभित्र ९७ जना सक्रिय कार्यकर्ताले एकैपटक सामुहिक राजीनामा दिदाँ आस्रन निर्वाचनमा आफुलाई ठुलो घाटा लागेको प्रदेशसभा सदस्यका उम्मेदवार देवनारायण चौधरीले बताएका छन् ।
‘स्थानिय तह निर्वाचनमा टिकट नपाएकोमा उहाँहरुको असन्तुष्ट्री हो, तर यसरी चुनावको मुखमा पार्टी छोडेर नजान आग्रह गरेको उहाँहरुले मान्नु भएन’ उम्मेदवार चौधरीले भने ‘चुनावको मुखमा सामुहिक राजीनामा दिदाँ हामीलाई ठुलो घाटा लागेको छ’ । बारा–४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मियाँले मनोनयन दर्ताको अघिल्लो दिन राती पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर पार्टी प्रवेश गरे लगत्तै बारा क्षेत्र नं ४ कोे टिकट ल्याएको भन्दै एमाले जिल्ला नेतृत्व भित्र ठुलो असन्तुष्टि रहेको छ ।

२०७४ को निर्वाचनमा बारा ४ मा प्रतिनिधि सभा सदस्यमा चौधरी मियाँसँग पराजित भएका थिए । तर यसपटक मंसिर ४ गते हुने निर्वाचनमा २०७४ का दुई निकटतम् प्रतिस्पर्धी एउटै गठबन्धन भित्र संघ र प्रदेशमा उम्मेदवार बनेका छन् ।


सम्बन्धित समाचार