Logo

२ कात्तिक, काठमाडौं । नेकपा विप्लव समूहको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । मंगलवार सम्पन्न महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि चयन भएका छन् ।

असोज २५ गतेदेखि विप्लवको गृहक्षेत्र कपिलवस्तुको शिवगढीमा भएको नवौं महाधिवेशनमा महासचिव नेत्रविक्रम चन्द विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनलाई महाधिवेशनले पारित गरेको थियो ।

विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि महाधिवेशनमा सहभागी प्रतिनिधिले उठेका प्रश्नहरूको जवाफ दिएका थिए । प्रतिनिधिहरूले राखेको चासो, जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै विप्लवले पुँजीवादी विश्व असफल भएकोले वैज्ञानिक समाजवादी क्रान्ति हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई अपिल गरे ।

महाधिवेशनले संसदीय व्यवस्था पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै नेपालमा वैज्ञानिक समाजवाद अनिवार्य भएको र त्यो एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र पूरा गर्ने निष्कर्षसमेत निकालेको छ ।


सम्बन्धित समाचार