Logo

२ कार्तिक, बारा सिमरा

बारा क्षेत्र नम्बर ४ मा पाँच दलिय गठबन्धनको निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरिएको छ । बुधवार एक कार्यक्रमकाबिच क्षेत्रिय र प्रादेशीक निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरिएको हो ।

क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशानले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरिएको हो । सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले साझा गठबन्धन विकास निर्माणको काममा सधै अग्रसर रहने बताए ।

क्षेत्र नम्बर ४ को विकास गर्न साझा गठबन्धनले कुनै कसर बाकी नराख्ने भन्दै उनले सबै एक भएर निर्वाचनमा होमिनुपर्ने बताए । कार्यक्रममा बोल्दै क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्य उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ अनिलले गठबन्धन जित नजिक रहेको बताए । साझा गठबन्धनले जनताको भावना बुझ्ने भन्दै श्रेष्ठले सबैलाई समेटेर आफुहरु अघि बढ्ने बताए ।

क्षेत्र नम्बर ४ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलले मधेशको विकास गर्न साझा गठबन्धन दृढ भएर लाग्ने बताए । साझा गठबन्धनको निर्वाचन गतिविधि देखेर बिपक्षीहरु अत्तालिएको भन्दै उनले मंसिर ४ गतेपछि देश नै गठबन्धनमय हुने बताए ।

क्षेत्रिय निर्वाचन परिचालन समितिका संयोजक सुनिल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेकपा एकिकृत समाजवादीका नेता बिरेन्द्र साहले गरेका थिए । बुधवार नै क्षेत्र नम्बर ४ (क) को निर्वाचन परिचालन कार्यालयको पनि उद्घाटन गरिएको छ । सिमरामा सञ्चालन गरिएको निर्वाचन परिचालन कार्यालयको प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशानले उद्घाटन गगरेका हुन । यस्तै क्षेत्र नम्बर ४ ख को निर्वाचन परिचालन कार्यालयको पनि उद्घाटन गरिएको छ । पर्सौनीमा सञ्चालन गरिएको कार्यालयको पनि प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले उद्घाटन गरेका हुन ।


सम्बन्धित समाचार