Logo

प्रतीकात्मक तस्वीर

३ कार्तिक, वीरगन्ज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पर्साको एउटै कुश्ती प्रशिक्षण केन्द्रले ३ स्वर्ण सहित १० पदक हात पारेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नवलपुरको कावासोतीमा सम्पन्न भएको कुस्ती तर्फको स्पर्धामा बहुदरमाई नगरपालिका–८ रामनगरी स्थित रहेको श्रीराम भक्त हनुमान अखाडा कुस्ती प्रशिक्षण केन्द्रका कुस्ती खेलाडीहरुले ३ स्वर्ण सहित १० वटा पदक जितेका हुन् ।

उनीहरुले कुश्तीमा ३ स्वर्ण, ५ रजत र २ कास्य पदक गरि १० पदक जितेका हुन् । स्वर्ण पदक जित्नेहरु ९६ किलो तौलमा सुमिर साह, ८६ किलो तौलमा लाल बहादुर यादव र १२५ किलो तौलमा राज यादव रहेका छन् ।

यस्तै रजत पदक जित्नेहरु ५६ किलो तौलमा भागवत साह ,६५ किलो तौलमा गंगा राम , ७० किलो तौलमा धर्मेन्द्र प्रसाद यादव, ७४ किलो तौलमा रितेश यादव र १२५ किलो तौलमा सागर यादव रहेका छन् । ८६ किलो तौलमा दिपेश राउत कमकर र ९२ किलो तौलमा बिनोद सहनीले कास्य पदक जितेको कुश्ती प्रशिक्षक नरेश गिरी बाबाले जानकारी दिए ।


सम्बन्धित समाचार