Logo

४ कार्तिक, काठमाडौं ।
पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनाव लड्न अयोग्य घोषणा गरेको छ । आयोगले सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको र सरकारमा हुँदा प्राप्त गरेको उपहार विक्री गर्दा पाएको रकमको जानकारी नगराएको भन्दै अयोग्य घोषणा गरेको हो ।

प्रधानमन्त्री शेहबाज सरिफले आफूअघि शासनमा रहेका खनाले सरकारको १४ करोड पाकिस्तानी रुपैयाँ बराबरको उपहार दुबईमा बेचेको बताएका थिए । यस्तो उपहार खानलले सरकार प्रमुखको रुपमा विदेशी राष्ट्रहरूबाट प्राप्त गरेका थिए । खानले आफ्नो वार्षिक सम्पत्ति आयोगमा बुझाउँदा आम्दानीको मुख्य स्रोत नखुलाएको बताइएको छ ।

पाकिस्तानी कानुन अनुसार सांसदहरूले प्रत्येक वर्ष निर्वाचन आयोगमा सम्पत्ति विवरण बुझाउनु पर्छ । २०२२ अगस्टमा संसद्‍का सभामुख राज पेरभाइज असरफले निर्वाचन आयोग समक्ष उपहार मामिलामा खानलाई आयोग्य घोषणा गर्न माग गरेका थिए ।

शुक्रबार आयोगले खानलाई अयोग्य घोषणा गर्ने फैसला सर्वसम्मत रुपमा गरेको हो। फैसलाअघि आयोग परिसर र वरिपरिको क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।


सम्बन्धित समाचार