Logo

फायल तश्वीर

८ कार्तिक वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित पानीट्यांकी अगाडी सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोलुखुम्बु जिल्ला सल्यान गाउँपालिका वडा नंं २ स्थायी घरभई हाल वीरगञ्ज वडा नंं ८ मा डेरागरी बस्ने राम बहादुर राईको छोरा बर्ष १९ को अनुप राईको मृत्यु भएको हो ।

तिब्र गतिमा चलाएको ना. ४६ प. ३२९७ नम्वरको पल्सर मोटरसाइकल अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किई राईको टाउको र खुट्टामा गम्भिर चोट लागेको थियो । उनलाई उपचारार्थ वीरगञ्ज स्थित एनएमसी अस्पतालमा भर्नागरिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक राईको लाश पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यस्तै पर्सामा सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिन्दबासिनी गाउँपालिका वडा नं. २ बस्ने ६० वर्षीय सरस्वती देवी कुर्मीको मृत्यु भएको हो ।

असोज ५ गते बिहान ०७स्१७ बजे पर्सा सखुवाप्रसौनी गा।पा। वडा नं ५ बस्ने ३५ वर्षीय ललन प्रसाद यादवले चलाएको ना. १३ प ३५४४ नं को मोटरसाइकलले ठक्करबाट कुर्मी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारार्थ कलैया अस्पताल लगेर प्राथमिक उपचार गरिएको थियो ।

थप उपचारको लागि साढे ८ बजे एलएस न्युरो अस्पतालमा रिफर गरिएको थियो । उपचारको क्रममा उनको सोमबार अपराह्न पौनै ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

यादव मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि छनौट भएको म्यादी प्रहरी रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार