Logo

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लक्ष्मणलाल कर्ण

८ कार्तिक, वीरगञ्ज । बाम लोकतान्त्रिक गठबन्धनका पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लक्ष्मणलाल कर्णले आफ्नो पहलमा वीरगञ्जमा उच्च अदालतको अस्थायी इजलाशको स्थापना गराएर पर्सा मात्र नभई बारा र रौतहटका जनतालाई पनि न्यायमा पहुँचको सहजता दिलाएको कर्णले दाबी गरेका छन्।

पाटन उच्च अदालतपछि सबै भन्दा बढी मुद्दा वीरगञ्जको उच्च अदालतमा रहेकोले यस अदालतको महत्व मुद्दाको चापले देखाएको बताउदै वीरगन्जमा अस्थायी इजलास ल्याउन आफ्नो महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रीय राजनीति गर्ने मान्छेले देशको कुनै पनि क्षेत्रमा गएर निर्वाचन लड्न सक्ने हुनुपर्ने कर्णले बताए।

‘केन्द्रीय राजनीति गर्ने हो भने सम्पूर्ण नेताहरु तयार हुनुपर्छ देशको कुनै पनि ठाउँमा गएर चुनाव लड्न, उनले भने, ‘मेरो पार्टी लोसपाले गरेको गठबनधन अनुसार यसपाली क्षेत्र नम्बर १ पाएकोले म यहाँ आएको हुँ, मैले सहज रुपमा लिएको छु।’ आफू कसैलाई हराउनको लागि नउठेको तर जितेर देखाउने दाबी गरेका हुन्

कर्णले लोकतन्त्रमा सबैलाई चुनावमा उठ्ने अधिकार भएकोले सबैले चुनाव लडन पाउने बताए। आफू जित्नको लागि उठेकोले जितेर देखाउने ठोकुवा पनि गरे। कर्ण ०७४ सालको निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट चुनाव जितेका थिए। तर, यसपाली सत्तारुढ पाँच दलीय गठबन्धनको निर्णयअनुसार पर्सामा लोसपाले क्षेत्र नम्बर १ पाएको छ।

एमाले जसपाबाट यसअघि यसै क्षेत्रबाट जितेका पूर्वमन्त्री प्रदिप यादव र कांग्रेसका बागी अजय द्विबेदी स्वतन्त्र रुपमा चुनाव लड्दैछन्। कार्यक्रममा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका शंकर कुमार कर्णले आफ्नो उम्मेदवारी निष्क्रिय पारी लक्ष्मण लाल कर्णलाई समर्थन गरेको घोषणा गरेका थिए।


सम्बन्धित समाचार