Logo

छठमा प्रयोग गरिने फलफूल लगायतका सामग्री बिक्री गर्दै

११ कार्तिक, वीरगञ्ज । तराई मधेशको लोकआस्थाको पर्व, छठ आजदेखि विधिवत रुपमा सुरु भएको छ । चार दिनसम्म मनाईने छठको पहिलो दिन आज ‘नहाय खाए दिन, अर्थात जीउ शुद्ध गर्न नुहाउने दिन हो । जसलाई ‘नहाय–खाए’ भनिन्छ । आज वीरगन्ज सहित तराई मधेशका छठका व्रतालुहरु नुहाएर चोखो भई लसुन प्याज नहाली पकाईएको खाना खाने गर्दछन् ।

त्यस्तै छठको दोस्रो दिन (भोली) शनिबार दिनभर छठ ब्रत बस्ने ब्रतालुहरु रातमा ‘मिठा र चामलले पकाइएको रसिआव आर्थात खीर’ र रोटी बनाई देउतालाई चढाएर प्रसादको रुपमा खाने गर्दछन् । यस विधिलाई ‘खरना’ अर्थात रसिआव रोटी भनिन्छ । त्यस्तै छठको मुख्य दिन आईतबार अस्ताउँदै सूर्यलाई अर्घ दिइन्छ भने त्यसको भोली पल्ट सोमबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिई छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ ।

बिहानीको अर्घ दिईसकेपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ । छठ पर्वलाई कठोर पर्वको रुपमा पनि हेरिन्छ । छठ गर्ने ब्रतालुहरुले आज खरना देखि नै ३ दिन सम्म एक थोपा पानी समेत नखाई पूजा गर्ने विधि भएको हुँदा यस पर्वलाई कठोर पर्व मानिएको हो । सन्तान प्राप्ती र घर परिवारको सुख शान्तिको लागी यो कठोर छठ पर्व गर्ने गरिएको ब्रतालुहरुले बताएका छन् ।

छठपूजाको लागि तराई मधेशमा अहिले छठघाट सरसफाई तथा सजाउने कार्यमा स्थानीयहरु जुटेका छन् । पोखरी, नदि, तलाउ, कुवा लगायतका स्थानलाई सजावट व्यस्त देखिन्छन् । खास गरेर प्रसिद्ध वीरगन्जको घडिअर्वा पोखरीलाई छठघाटको रुपमा सजाईने गरिएको छ । यसपालि फरक र आकर्षक तरिकाले घडिअर्वा पोखरी छठ घाटलाई दुई हप्ता पहिला देखि नै सजाउने कार्यलाई तिव्रता दिईएको र सोको लागी करिब १७ लाख खर्च हुने आयोजक समितिले जनाएको छ ।


सम्बन्धित समाचार