Logo

१२ कार्तिक, वीरगञ्ज ।
निर्वाचन नजिकिदै गर्दा पर्सामा नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । नेकपा एमाले पर्साका ५४२ जना नेता कार्यकर्ताहरुले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् ।
पछिल्लो पटक जनता समाजवादी पार्टी (जसपा)सँग अपवित्र गठबन्धन गरेको भन्दै मधेशमा नेकपा एमाले पार्टी परित्याग गर्नेहरुको संख्या बढन थालेको छ ।

नेकपा एमाले पर्साका ५४२ जना एमाले नेता कार्यकर्ताहरुले पार्टीबाट राजिनामा दिएको घोषणा गरेका हुन् । एमालेबाट असन्तुष्ट नेता कार्यकर्ताहरुको शनिवार वीरगञ्जमा बसेको बैठकले एमालेमा नरहने घोषणा गर्दै राजिनामा दिएका हुन् ।

नेकपा एमालेबाट असन्तुष्ट भएका नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषद सदस्य कदम रसुल, प्रभु साह पक्षका संयोजक समेत रहेका बाबुराम कौशिक, प्रदेश कमिटि सदस्य इस्लाममियाँ हवारी, जोगिन्दर साह, संविधानसभा सदस्य फूलझरी देवी, जिल्ला कमिटि सदस्य सन्तोष श्रेष्ठ, शम्भु पाल, बिजय गुप्ता, सहित विभिन्न कमिटिमा रहेर जिम्मेवारी वहन गरेका ५ सय ४२ जनाले एमाले परित्याग गरेको बाबुराम कौशिकले वताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत आन्दोलनबाट प्राप्त उपलब्धीलाई सिध्याउने खेलमा लागेको र मधेशमा एउटा वर्ग समुदायको पक्षमा वकाल गर्ने जसपा पार्टीसँग गठवन्धन गरेको भन्दै नेकपा एमाले पार्टी परित्याग गर्नु परेको नेता कौशिकले बताए ।

uml resing (1)


सम्बन्धित समाचार