Logo

१४ कार्तिक, वीरगञ्ज ।
आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने पर्व छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि तराई, मधेश, काठमाडौं लगायत विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।

हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन्। वीरगञ्जको घडीअर्वा, मुर्ली पोखरी आदर्शनगरस्थित स्वीमिङ पुल, रानीघाटस्थित छठघाट, नगवा, छपकैया, रामगढवा, अशोकवाटिका, बजार छपकैया, श्रीपुर लगायत पर्सा र बारा जिल्लाका शहरी तथा ग्रामिण क्षेत्रका छठ घाटहरुमा विहान देखिनै श्रद्धालु भक्तजनहरुको भिडलागेको छ ।

त्यसैगरी हेटौडाको राप्ती, चितवनको नारायणी, काठमाडौंको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका छन । जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुइँचो लागेको छ । झापाको मेची नदी, विरीङ, मावा, रतुवालगायतका नदी किनारमा पनि भक्तजन भेला भएर पूजा आराधना गरेका थिए ।

सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर सदरमुकाम राजविराजसहितका स्थानमा पनि उत्तिकै उल्लासले पर्व मनाइएको छ ।

वीरगञ्ज स्थित घडिअर्वा छठ घाटमा उदाउँदो सूर्यलाई अर्घ दिदै भक्तजनहरु                                                                                            तस्बिर : राजन श्रीवास्तव

दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरेका हुन । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ।

निर्जल र निराहार ब्रत बसेका भक्तजनहरुले हिजो अस्ताउँदो सुर्यलाई अर्घ दिएर सूर्य भगवानको आराधाना गर्दै भक्तजनहरुले आफ्नो मनोकांक्षा सुनाउँछन र पुरा गरिदिन आग्रह गरेका थिए ।

कोशी भर्ने भाकल गरेकाहरुले घरमा फर्किएर छठी माताको आराधाना गर्दै कोशी भरेका छन् । कोशी भर्ने विधिमा परिवारका सबै सदस्य सामेल हुनेगरेको पाइन्छ । घाटमा नगएका परिवारका सदस्य पनि कोशी भर्ने कार्यमा सहभागी हुने गरेका छन् । छठ पर्वमा व्रत गरेदुःख र दरिद्रताबाट मुक्ति पाइन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति मिल्नुको साथै मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहेकोले छठ पर्वको महत्व देशभर बढन थालेको छ ।

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेश सरकारले सोमबार छठ पर्वको अन्तिम दिन मधेस प्रदेशमा सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आइतवार विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिएका छन ।

तराई मधेशको मुख्य चाडको रुपमा रहेको छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने गरिन्छ । सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रवारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो बर्षको छठ पर्व सम्पन्न हुन्छ ।

संघीय सरकारले छठको मुख्य दिन अर्थात कात्तिक शुक्ल षष्ठीमा पर्ने ‘सझिया घाटे’को दिन मात्रै सार्वजनिक विदा दिने गरेको छ । तर सप्तमीको दिन बिहान सूर्यलाई अर्घ दिएपछि मात्रै छठपर्व समापन हुने भएकोले सोमबार पनि विदा दिनुपरेको मधेस प्रदेश सरकारले जनाएको छ ।

छठ समापनका तश्वीर

तस्बिर : दीपेन्द्र कुमार साह


सम्बन्धित समाचार