Logo

फाइल : तस्विर

१५ कार्तिक, वीरगञ्ज । दशै, दीपावली र छठ जस्ता मुख्य चाडबाड सकिएसँगै मधेशमा चुनावी सरगर्मी बढन थालेको छ । मधेश प्रदेसका ८ जिल्लाका ३२ स्थानमा प्रतिनिधिसभा र ६४ स्थानमा प्रदेश सभासदस्य पदमा आगामी मंसिर ४ गते निर्वाचन हुन गइरहेको छ ।

मधेशबाट ३२ प्रतिनिधिसभा सदस्य पदका लागि विभिन्न राजनीतिक दलबाट २ सय ९३ जना र स्वतन्त्र रुपमा २ सय ९८ जनागरी कुल ५ सय ९१ जनाले उमेदवारी दर्ता गराएका छन् । स्वतन्त्र मध्ये केही राजनीतिक दलले निर्वाचनको अवधिमा उमेदवारले पाउने सुविधा लिनका लागि उठाइएका (डमी) उमेदवार पनि छन ।

आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मधेश प्रदेशमा ३४ लाख ८४ हजार ६ सय २८ मतदाता रहेका छन । जसमा पुरुष मतदाता १८ लाख २७ हजार ८ सय ५४ जना, महिला मतदाता १५ लाख ५८ हजार ७ सय ४ जना र तेश्रो लिङ्गी ७० जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार मधेश प्रदेशमा महिला भन्दा पुरुष मतदाताको संख्या अधिक छ । प्रदेशमा २ हजार १ सय ५६ मतदान स्थल र ४ हजार २ सय ३५ मतदान केन्द्र कायम भएको आयोगले जनाएको छ ।

पर्सामा पुरुष एक लाख ९४ हजार ९ सय ४, महिला एक लाख ५१ हजार ८ र अन्य १६ गरी कुल ३ लाख ४५ हजार ९ सय २८ मतदाता रहेका छन् । बारामा पुरुष २ लाख ३६ हजार ८ सय ८०, महिला एक लाख ९६ हजार ६ सय १२ र अन्य १२ गरी कुल चार लाख ३३ हजार पाँच सय चार रहेका छन् ।

त्यसैगरी रौतहटमा पुरुष दुई लाख २७ हजार दुई सय २९, महिला एक लाख ८८ हजार दुई सय २५ र अन्य एक गरी कुल चार लाख १५ हजार चार सय ५५ मतदाता रहेका छन् । सर्लाहीमा पुरुष २ लाख ५९ हजार चार सय १४, दुई लाख १९ हजार ६ सय १४ महिला र दश जना अन्य मतदाता गरी कुल ४ लाख ७९ हजार ३८ मतदाता रहेको आयोगले जनाएको छ ।

त्यस्तै महोत्तरीमा २ लाख १५ हजार एक सय ३१ पुरुष, एक लाख ८१ हजार ८ सय ८९ महिला र एक अन्य गरी कुल ३ लाख ९७ हजार ३० मतदाता छ । धनुषामा २ लाख ५१ हजार ९ सय १५ पुरुष, दुई लाख २१ हजार ६ सय ६५ महिला र सात जना अन्य गरी कुल ४ लाख ७४ हजार पाँच सय ८७ मतदाता रहेका छन् ।

सिराहामा ४ लाख २२ हजार १२ कुल मतदाता मध्ये २ लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार ६ सय ११ महिला र दुई जना अन्य मतदाता रहेको आयोगले जनाएको छ । सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ कुल मतदाता छन् । पुरुष २ लाख १७ हजार २ सय ८२, दुई १० दश हजार ७१ महिला र २१ जना अन्य मतदाता रहेका छन् ।


सम्बन्धित समाचार