Logo

१८ कार्तिक, गोरखा । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका गोरखा क्षेत्र नं.२ प्रदेश सभा ‘क’ का उम्मेदवार इन्जिनियर सुबोध बस्नेत नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । गोरखा सदरमुकाम आयोजित चुनावी कार्यक्रममा बस्नेतलाई अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । आफ्नो उम्मेदवारी निष्क्रिय बनाई बस्नेत माओवादी प्रवेश गरेका हुन् ।

देशको राजनीतिक निकास वाम लोकतान्त्रिकले दिने भन्दै राप्रपा उम्मेदवार बस्नेत माओवादी प्रवेश गरेका हुन् । ‘नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोर्खामा उम्मेदवार भएर आउनु सम्पूर्ण गोर्खाली जनताको लागि गौरवको विषय हो। म आजैका दिन देखि मेरो उम्मेदवारी निष्क्रिय बनाई माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछु ’ उनले भने ।


सम्बन्धित समाचार