Logo

२२ कार्तिक वीरगञ्ज । जितपुरसीमरा उपमहानगर वडा नं ७ का वडाध्यक्ष सुनिल गुप्ताले आईतवार निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको विषयमा समाचार लेखेको भन्दै केही एमाले कार्यकर्ता तथा आन्दोलनकारीले पत्रकारमाथि दुर्रव्यवहार गरेको घटनामा पत्रकार महासंघ बाराले घोर भत्सना गरेको छ ।

आईतवार जितपुरसीमरा वडा नं ७ का वडाध्यक्ष गुप्ताले आस्रन निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले बारा ४ को निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका थिए । सो विषयलाई लिएर प्रहरीले वडाध्यक्ष गुप्तालाई करिव १ घन्टा नियन्त्रणमा लिएर अव तालाबन्दी नगर्ने शर्तमा माफी मगाएर छोडेको थियो ।

सोही विषयलाई लिएर लेखिएको समाचारमा एमालेका केही कार्यकर्ता तथा महिला आन्दोलनकारीले सञ्चारकर्मी पोखरेललाई समाचार किन लेखेको भन्दै मोबाईल खोसेर समाचार साम्रगी हटाउनुका समथै गालीगालौज गर्दै दुर्रव्यवहार गरेका थिए । सोही घटनालाई लिएर पत्रकार महासंघले प्रेस स्वतन्त्रता हनन् भएको भन्दै गम्भिर ध्यानाकर्षण जनाएको छ ।

महासंघले सोमवार विज्ञप्ती जारी गर्दै रातोपाटी संवाददाता शारदा पोखरेलमाथि समाचार लेखेकै भरमा अभद्र व्यवहार गरिनु प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप र निन्दनीय कार्य भएको जनाएको छ । प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता घटना नदोहोर्याउन समेत सम्वन्धित पक्षको ध्यानाकर्षण गराईएको छ । ‘स्वतन्त्र रुपमा समाचार सम्पे्रषण गर्न पाउने हकको हनन् गर्दै पत्रकार पोखरेल माथि केही व्यक्तिले गरेको अभद्र व्यवहार प्रति नेपाल पत्रकार महासंघ बारा शाखा खेद व्यक्त गर्दछ’ महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


सम्बन्धित समाचार